Thaha

Sunday 22 September - 3:12 pm NST

नयां शक्ति निर्माण महिला अभियान

कामाण्डौं, पुस २४ । नयाँ शक्ति निर्माण महिला अभियानले भूकम्प पीडितको पीडामा सरकार संवदनहिन भएको आरोप लगाएको छ ।

काठमाण्डौंमा पत्रकार सम्मेलन गरेर अभियानले ‘भूकम्प पीडित चिसोमा मरेको म¥यै गर्ने, सरकारको खातामा पैसा थुप्रने, कालावजारी खुलेआम हुने, मुलुकको समस्या समाधानमा सरकार कहाँ छ ?’ भनेर प्रश्न गरेको छ ।  आन्दोलनरत दलहरुको माग संबोधन गरेर नाकाबन्दीद्धारा सिर्जित समस्याको समधान राजनीतिक किसिमले माग गर्न नयाँ शक्ति निर्माण महिला अभियानले माग गरेको छ ।  

पत्रकार सम्मेलनमा बोल्दै अभियानकी अभियन्ता पूर्व मन्त्री कल्पना धमलाले गणतन्त्रबाट प्राप्त उपलब्धिसँगै उत्पीडित समूदायले अभाव, कालोबजारी, महंगी र भ्रष्टाचारको चर्को मार खेप्नु परिरहेको बताउनुभयो । उहाँले सरकार कालोवजारीको प्रशंसा  र खोक्रो राष्ट्रबादको खेल ओढन लागेको भन्दै बास्तविकतामा बुझेर मुलुकको समस्या समाधान गर्न आग्रह गर्नुभयो ।