Thaha

Saturday 01 February - 9:25 pm NST

प्रधानमन्त्रीको भारत भ्रमण फेब्रुअरी दोस्रो साताः राजदूत उपाध्याय

काठमाडौ, २४ पुष । भारतकालागि नेपाली राजदुत दीपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण फेब्रुअरीको दोस्रो साता हुने जानकारी दिएका छन ।‘ प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमणको रुपमा छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमण फेब्रुअरीको दोस्रो साता हुने गरी तयारी भईरहेको छ ।’

रिपोर्टर्स क्लब नेपालले शुक्रवार गरेको साक्षात्कारमा उनले भने–‘ भ्रमणमा नयाँ योजना र अन गोईङ्ग विषयहरुमा काम गरिरहेका छौ । ’राजदुत उपाध्यायले नेपाल भारत सम्बन्ध करेक्सन गर्ने मोडमा पुगेको उल्लेख गर्दै भने,‘ पहिला भारत र नेपाल विपरित दिशामा थिए । अहिले भारतको सोचमा पनि बदलाव आउन थालेको छ । छिटो समस्या समाधान गरेर नेपाल भारत सम्बन्ध भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेलामा रहेको उचाईमै पुर्याउनु पर्छ भन्ने थालेका छन ।’ नेपाल भारत सम्बन्धलाई तातो पीडालुको संज्ञा दिदै उनले खाँदा पनि मुख पोल्ने नखाँदा पनि खान मन लाग्ने खान मनलाग्ने तर खान नसक्ने खाल्को भएको बताए ।

राजदुत उपाध्यायले नाकाबन्दी शब्द उल्लेख नगरी यसलाई राजनीतिक पराकम्पनको रुपमा रहेको यो घटनाक्रमलाई खराब दिनको रुपमा दुखको रुपमा मात्रै सम्झनु पर्ने टिप्पणी गरे ।उनले आफूले भारत र नेपालमा सबैलाई भेटेर सहमतिमा समाधान गर्न आग्रह गरेको उल्लेख गर्दै संसदमा रहेको संविधान संसोधन र त्यसमा परेको संसोधन दुबै पक्षको लागि विन विन स्थिति रहेकोले अब छिटो समाधान गर्नु पर्ने बताए ।


राजदुत उपाध्यायले भने,‘ संसोधन विन विन सिचुएसन हो । सहमतिको आधारमा संसोधन भए विश्वासको जग बन्छ । अब सहमतिको लागि सबैले दवाव दिनु पर्छ । जनता भगवान हुन उनीहरुलाई दुख दिने काम कसैले गर्नु हुँदैन । नाकामा बस्दा नेपाल भारत सम्बन्ध राम्रो भएन । अब नाकाबन्दी फिर्ता गर्नु पर्छ । फिर्ता भएको केही घडिमै नाका सहज हुन्छ ।’नाका खोले पछि तत्कालै यहाँको माग भन्दा दोब्बर आपूर्ति गरेर स्थितिलाई तत्कालै सहज बनाउन सकिने भन्दै स्थिति सहज भएपछि विस्तारै तुषहरु कम हुँदै जाने विश्वास ब्यक्त गरे ।

राजदुत उपाध्यायले कसैको नाम नलिई भारत भ्रमणका कस्ले कस्लाई के भन्छ भन्यो भन्ने कुरा उचित नभएको भन्दै यस्ता विषयमा परराष्ट्र मन्त्रालयको भूमिका स्थापित गर्नु पर्नेमा जोड दिए ।उनले नेपालको निर्णय नेपाल आफैले गर्नु पर्ने भन्दै अहिलेको झगडाले नेपाल र भारत कसैलाई पनि फाईदा नहुने तर्फ सचेत गराए ।