Thaha

Sunday 22 September - 3:19 pm NST

खस आर्यलाई समोवशी सूचिबाट हटाए आन्दोलनको चेतावनी


काठमाडौ, २४ पुष । 
संयुक्त खस क्षत्री नेपालले मधेसको समस्या समाधान गर्दा संविधानको समावेशी समानुपातिक सूचिमा रहेको खस आर्यलाई हटाए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । 
शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सस्थाले नेपाली काँग्रेसले मधेसको माग संबोधन गर्ने भन्दै पुष २२ गते दर्ता गराएको संसोधनले नेपालका आदीबासी खस क्षत्री एवम खस आर्य समूदायको ऐतिहासिक पहिचान र अधिकारलाई संबैधानिक एवम कानूनी रुपमा समाप्त पारेर राष्ट्र विघटन गर्ने योजना बुनेको भन्दै त्यस्तो संशोधन कुनै पनि हालतमा मान्य नहुने स्पष्ट पारेको हो । 
संस्थाले नेपालका खस आर्यहरुको ऐतिहासिक पहिचान र नागरिक अधिकारलाई षडयन्त्रपूर्ण तरिकाले संबैधानिक र कानूनी रुपमा विभेदकारी कानून ल्याउने काम गरिएमा २०६२ को परिवर्तनको विरुद्धमा लाग्ने र नेपालको खस आर्यको तर्फबाट सस्थाले सांगठनिक, सैद्धान्तिक र भौतिक रुपमा सबै संयन्त्र परिचालन गरी आफ्नो पहिचान र अधिकारमाथि षडयन्त्र गर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष मानबहादुर थापाले जवरजस्ती आफूहरुलाई अधिकारबाट बञ्चित गराए त्यसको गंभिर नतिजा भोग्नु पर्ने चेतावनी दिए ।