Thaha

Sunday 22 September - 5:15 pm NST

सभामुख घर्ति र अध्यक्ष प्रचण्ड पार्टी सचिव पुनलाई भेट्न थाईल्यान्डमा

काठमाण्डौं, पुस २२ । सभामुख ओनसरी घर्ति र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज थाइल्याण्ड पुग्नुभएको छ । थाइल्यान्डमा उपचार गराइरहेका एकीकृत माओवादीका सचिव वर्षमान पुन अनन्तलाई भेट्न प्रचण्ड र घर्ति थाईल्यान्ड पुग्नुभएको हो ।  

सभामुख घर्तिका श्रीमान पुनको झण्डै डेढ हप्तादेखि थाइल्याण्डमा जण्डिसको उपचार भैरहेको छ । यसअघि पनि नेता पुनले भारतको मेदान्त अस्पतालमा उपचार गराउनुभएको थियो । तर फेरि समस्या आएपछि थप उपचारका लागि उहाँलाई थाइल्यान्ड लगिएको हो । सभामुख घर्तिले अहिले उहाँको अवस्था सुधारोन्मुख रहेको बताउनुभयो ।

प्रचण्ड २४ गते र सभामुख २८ गते स्वदेश फर्कने उहाँहरुको निजी सचिवालयले जनाएको छ ।