Thaha

Sunday 22 September - 5:25 pm NST

मितेरी पुलमा व्यवसायी र मोर्चाका कार्यकर्तावीच झडप

काठमाण्डौं, पुस २२ । वीरगंजको मितेरी पुलमा धर्ना बसेका मधेशी मोर्चाका कार्यकर्ता र व्यवसायीबीच झडप भएको छ । भारतबाट सामान ल्याउदै गरेका व्यवसायीलाई नाकामा बसेका मोर्चाका कार्यकर्ताले रोक्न खोजेपछि झडप भएको हो ।

झडपमा कम्तिमा १२ जना मोर्चाका कार्यकर्ता  र व्यवसायी घाईते भएका छन् । व्यवसायीहरुले अवरोध नगर्न चेतावनी दिदै धर्नामा बसेका मोर्चाका कार्यकर्तामाथी आक्रमण सुरु गरेपछि झगप भएको मधेशी युवा गठबन्धनका संयोजक ईश्वर यादवले जानकारी दिनुभयो ।

घाइतेको नारायणी उपक्षेत्रीय क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । झडपपछि आक्रोशित आन्दोलनकारीले वीरगंजमा रहेको सिटिजन बैंक, सनराईज बैंक र सिद्धार्थ बैंकमा प्रवेश गरी तोडफोड गर्नुका साथै झ्याल ढोकाका शिशा फुटाई दिएका छन् ।