Thaha

Thursday 20 August - 8:56 pm NST

रक्सौलबाट ८५ बुलेट ग्यांस रि रुटिङ गरी सुनौलीबाट ल्याईने

काठमाण्डौं, पुस २२ । नेपाल आयल निगमले लामो समयदेखि रक्सौल नाकामा रोकिएका ८५ वटा ग्यास बुलेट रि रुटिङ गरी सुनौलीबाट ल्याउने भएको छ ।

रक्सौलमा रोकिएका २ सय ५० भन्दा बढि बुलेट मध्ये ८५ वटा बुलेटलाई भारतले रि रुटिङको अनुमति दिएकाले आजैदेखि ती बुलेट सुनौली नाका हँुदै नेपाल  ल्याउने प्रक्रिया शुरु गरिएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । रि— रुटिङ गरिएका बुलेट काठमाडौं आएपछि ग्यास वितरणमा केही सहजता हुने प्रवक्ता घिमिरेको दाबी छ ।

रि रुटिङ गरिएका बुलेट काठमाडौं आइपुग्न ३ देखि ४ दिनसम्म लाग्ने आयल निगमको अनुमान छ । यसैबीच निगमले आजदेखि निजी कार र जिपलाई काठमाडौं उपत्यकाका विभिन्न ५० वटा पम्प मार्फत पेट्रोल दिन शुरु गरेको छ । निगमले ब्लु बुक नविकरण भएका चार पाङ्ग्रे निजी सवारी साधनलाई १५ लिटरका दरले पेट्रोल वितरण सुरु गरेको हो ।

लटका आधारमा आज १ देखि ६, पर्सी ७ देखि १० र सोमबार ११ देखि माथिका निजी सवारीलाई पेट्रोल वितरण गरिने निगमले जनाएको छ ।