Thaha

Sunday 22 September - 5:25 pm NST

मुख्य दल र मोर्चाको कार्यदलवीच वार्ता जारी

काठमाण्डौं, पुस २२ । प्रमुख तीन दल र मधेसी मोर्चाले गठन गरेको कार्यदलबीच अहिले वार्ता भईरहेको छ । शान्ति मन्त्रालयमा दुई पक्षको कार्यददलबीच वार्ता चलिरहेको कांग्रेस नेता एवं कार्यदलका सदस्य महेश आचार्यले जानकारी दिनुभयो ।

मोर्चाको ११ बुँदे मागमा सहमती खोज्न प्रमुख तीन दलले कार्यदल गठन गरेपछि मधेसी मोर्चाले पनि हिजो तीन सदस्सीय कार्यदल गठन गरेको थियो । आफ्ना मागमा प्रमुख तीन दलको धारणा आएपछि वार्ताका लागि तयार रहेको संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो ।