Thaha

Sunday 22 September - 5:23 pm NST

मधेसी मोर्चासे तीन सदस्यीय कार्यदल बनायो


काठमण्डौं, २१ पुस । 
बनाएकसंयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तीन सदस्यीय कार्यदल बनाएको छ । मोर्चाका शीर्ष नेताहरुको आन्तरिक छलफलपछि आफ्ना ११ बुँदे मागका सम्बन्धमा सरकार पक्षसँग वार्ता गर्न कार्यदल गठन गरिएको हो । शीर्ष नेताको सिफारिसअनुसार तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठी, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय कार्यदलमा रहनुभएको छ । कार्यदल सदस्य एवं संघीय समाजवादीका सहअध्यक्ष श्रेष्ठले आफ्ना ११ बुँदे मागका सम्बन्धमा सरकारी कार्यदलले स्पष्ट धारणा ल्याएपछि वार्तामा बस्ने बताउनुभयो । उहाँले वार्तामा सहमति नभएसम्म आन्दोलन नरोकिने दाबी गर्नुभयो ।

प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीले कार्यदल गठन गर्न प्रस्ताव गरेपनि मोर्चाले अस्वीकार गरेको थियो । सत्तारुढ र प्रमुख प्रतिपक्षी तीन दलले आफ्नो तर्फबाट कार्यदलमा रहने सदस्यको नामा यसअघि नै सार्वजनिक गरिसकेका छन् । जसमा कांग्रेसबाट महेश आचार्य, एमालेबाट भीम रावल र एकीकृत माओवादीबाट कृष्णबहादुर महरा हुनुहुन्छ ।