Thaha

Sunday 22 September - 5:18 pm NST

नेपाल सन् २०१६ को पर्यटकीय गन्तब्यका लागि विश्वका उत्कृष्ट १० मुलुकको सूचीमा


काठमण्डौं, २१ पुस । 
सन् २०१६ को पर्यटकीय गन्तब्यका लागि विश्वका उत्कृष्ट १० मुलुकको सूचीमा नेपाल पहिलो नम्बरमा परेको छ । पर्यटकीय गन्तब्यका बारेमा सन्दर्भ सामाग्री प्रकाशन गर्ने बेलायतको रफ गाइडले प्रकाशन गरेको सूचीमा नेपाल पहिलो नम्बरमा परेको हो । वैशाख १२ को शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पका कारण सिथिल बनेको नेपालको पर्यटन उद्योग विस्तारै माथि उठ्ने क्रममा रहेको भन्दै रफ गाइडले यसबर्षको पहिलो गन्तब्य नेपाल बन्न सक्ने आफ्नो वेभसाइटमा उल्लेख गरेको छ ।

ट्रेकिङ रुट, होम स्टे तथा सांस्कृतिक क्षेत्र नेपालको मुख्य पर्यटकीय आकर्षणका केन्द्र रहेको रफ गाइडले जनाएको छ । नेपलको हिम श्रृँखला, जंगली जनावर तथा जैविक विविधता युक्त जंगल नेपालको पर्यटनका लागि उत्कृष्ट गन्तब्य रहेको रफ गाइडले उल्लेख गरेको छ ।

उत्कृष्ट १० गन्तब्यमा पर्ने देशको सूचीमा कोलम्बिया दोस्रो नम्बरमा छ । क्युवा, जोर्डन, अल्बानियाँ, रोमानिया, एल साल्भाडोर, वेल्स, केन्या र श्रीलंका क्रमश तेस्रो देखि दशौं स्थानमा रहेका छन् ।