Thaha

Sunday 22 September - 5:27 pm NST

क्रान्तिकारी पत्रकार संघको प्रथम राष्ट्रिय महाधिवेसन फागनुमा हुने


काठमण्डौं, २१ पुस । 
एकिकृत नेकपा माओवादी निकट क्रान्तिकारी पत्रकार संघको प्रथम राष्ट्रिय राष्ट्रिय अधिवेसन फागुनमा हुने भएको छ । संघको आज काठमण्डौंमा बसेको बैठकले फागुनको ७ र ८ गते राष्ट्रिय अधिवेसन गर्ने निर्णय गरेको हो । महाधिवेशन तयारी तथा विधान  संशोधन लगायतका तयारीका लागि माघ १० गते केन्द्रीय समिति बैठक काठमाडौंमा वस्ने निर्णय गरेको संघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो ।

संघलाई क्रियाशिल र सुढृढ बनाउन राष्ट्रिय सम्मेलन गर्न लागेको संघका अध्यक्ष गोविन्ध आचार्यले बताउनुभयो । संघको स्थापना २०६१ सालमा भएको हो । जनपक्षीय पत्रकारिता गर्दै आएका पत्रकारहरुको भेलाले रोल्पामा २०६१ साल माघ १५ गते क्रान्तिकारी पत्रकार संघ गठन गरेका थिए । तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा पत्रकार कृष्ण सेन ‘इच्छुक’को अध्यक्षतामा २१ सदस्यीय केन्द्रिय समिति गठन भएको थियो । देशका ७५ वटै जिल्लामा संगठन बनाएको संघमा एमाओवादी पार्टि फुटेसंगै पत्रकारहरु पनि बाँडिएका छन् । संघको स्थापना भएको ११ वर्षपछि पहिलो अधिवेसन हुने भएको हो ।

यसैबिच एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा संविधान बनाउने काम पहिलो प्राथमिकतामा राखेका कारण पार्टी संगठन बिग्रिएको बताउनुभएको छ । प्रचण्डले संविधान बनाउने कामका कारण पार्टी संगठनमा  ध्यान दिन नसकिएको बताउनुभयो । उहाँले पार्टी बिग्रँदै गएको कुरा सबैभन्दा भुक्तभोगी पत्रकारहरु नै भएको उल्लेख गर्नुभयो । संविधानसभाबाट संविधान बनेका कारण जनयुद्धको औचित्य पुष्टि भएको प्रचण्डको भनाई छ । उहाँले संविधान निर्माणपछि बाबुरामलाई सक्रिय बनाउन आफूपछि अध्यक्ष बन्ने आश्वासन दिएको खुलासा समेत गर्नुभयो । भारतीय नेताहरुसँगको बाक्लो भेटपछि बाबुरामले पार्टी छोडेको आरोप पनि प्रचण्डले लगाउनुभएको छ ।