Thaha

Friday 19 April - 4:42 pm NST

रामशरण महत उत्कृष्ठ अर्थमन्त्री घोषित

काठमाण्डौं, पुस २० । पूर्वअर्थमन्त्री डा. रामशरण महत विश्वकै उत्कृष्ठ अर्थमन्त्री घोषित हुनुभएको छ । लण्डनमा रहेको द फाईनान्सियल टाईमको सहप्रकाशन द बैंकरले महतलाई एशिया प्यासिफिक फाईनान्स मिनीस्टर अफ ईयर अवार्डबाट सम्मान गर्ने घोषणा गरेको हो ।

द बैंकरले प्रत्येक वर्ष उत्कृष्ठ अर्थमन्त्री र गभर्नर छनोट गरी यो पुरस्कार प्रदान गर्दै आएको छ । पूर्व अर्थमन्त्री महतलाई  नेपालको अर्थतन्त्रमा गरेको सुधार र विशेषगरी भूकम्पपछिको पुननिर्माणका लागि अर्थमन्त्रीका हैसियतले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरी स्रोत परिचालन गर्न सफल भएको र भूकम्पपछि उत्पन्न नेपालका चुनौती परिभाषित गरी अर्थतन्त्रको बचाउका लागि निर्बाह गरेको भूमिकाका लागि डा.महतलाई यो पुरस्कार प्रदान गरिएको द बैंकरले जनाएको छ ।

द बैंकरका अनुसार नेपालमा भूकम्प गएको एकहप्ताभित्रै अजरबैजानको बाकुमा आयोजित एसियाली विकास बैंकको वार्षिक बैठकमा उपस्थित अन्तर्राष्ट्रिय समुदायसमक्ष डा महतले विश्वकै ध्यान खिच्नेगरी प्रभावकारी प्रस्तुति दिएको र पछि नेपालमा दाता सम्मेलन सफल भै ठूलो सहयोग जुटेको हो । यसका अतिरिक्त सो मिडियाले डा महतलाई अन्तर्वार्ता पनि गरेको छ । उहाँलाई यो पुरस्का केही हप्ताभित्रै लण्डनमा विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिनेछ ।

नेपाली कांग्रेसका नेता समेत रहेका डा. महत एसिया प्रशान्त क्षेत्रमा उत्कृष्ठ अर्थमन्त्रीको पुरस्कार पाउने दक्षिण एसियामै पहिलो हुनुहुन्छ ।