Thaha

Tuesday 30 April - 11:37 am NST

आजदेखि फेरी लोडसेडिङ बढ्यो


काठमण्डौं, २० पुस । 
आजदेखि फेरि लोडसेडिङ बढ्ेको छ । नेपाल विद्युत प्राधिकरणले आजदेखि लागु हुने गरी लोडसेडिङ बढाएको हो । आजदेखि हप्तामा ८६ घण्टा लोडसेडिङह हुने तालिका प्राधिकरणले सार्वजानिक गरेको छ । अब दिनको १५ घण्टासम्म लोडसेडिङ हुनेछ । हप्तामा ३ दिन १३ घण्टा, एकदिन १५, एकदिन १४, एक दिन १० र एक दिन ८ घण्टा बत्ति आउने छैन ।

यसअघि हप्ताको ७७ घण्टा लोडसेडिङ हुदै आएको थियो । इन्धनको चरम अभाव भोगिरहेका उपभोक्ता लोडसेडिङ बढेसंगै थप मारमा पर्ने भएका छन । प्रधानमन्त्री केपी शर्मा आलेले एकवर्षमा लोडसेडिङ अन्त्य गर्ने बताएपनि बिजुली भने कटौती हुँदै आएको छ ।