Thaha

Sunday 22 September - 5:21 pm NST

सद्भावनाद्धारा छुट्ठै आन्दोलनका कार्यक्रम घोषणा

काठमाण्डौं, पुस १८ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीले छ्ट्टै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष राजेन्द्र महतोको अपिल पत्र जारी गर्दै भोलिदेखि २७ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले आफ्नो पार्टीले जागरणका लागि कार्यक्रम ल्याइएको भन्दै सहयोग गर्न मधेसी मोर्चा र अन्य दलहरुलाई पनि आग्रह गरिएको बताउनुभयो । उहाँले यो कार्यक्रम ल्याउँदा मोर्चा फुटेको रुपमा नबुझ्न आग्रह गर्नुभयो । सद्भावनाले प्रार्थनासभा, भित्ते लेखन गर्ने कालो झण्डा प्रदर्शन लगायतका कार्यक्रम गर्ने जनाएको छ ।

मधेस केन्द्रित दलहरु सींमाकन हेरेफेर, समानुपातिक समावेशीको व्यवस्था गर्न माग गर्दै चार महिनाभन्दा बढी समयदेखि आन्दोलनमा छन् ।