Thaha

Sunday 22 September - 5:18 pm NST

दुईवटा संसदीय विशेष समिती थप्ने प्रस्ताव

काठमाण्डौं, पुस १८ । व्यवस्थापिका–संसद्को नियमावली मस्यौदा उपसमितिले नयाँ दुईवटा संसदीय विशेष समिति थप्ने प्रस्ताव गरेको छ । उपसमितिले तयार पारेको मस्यौदा प्रतिवेदनमा संविधान कार्यान्वयन समिति र निर्देशक सिद्धान्त अनुगमन निर्देशन समिति थप्ने प्रस्ताव गरेको हो ।

उपसमितिको मस्यौदा प्रतिवेदनमा भोलि बिहान ११ बजे बस्ने संसद नियमावली मस्यौदा समितिको बैठकमा छलफल हुनेछ । बैठकमा सदस्यको राय, सुझाव लिएर पारित गरी भोलि नै सभामुखलाई बुझाइने नियमावली समस्यौदा समितिका सदस्य एवं उपसमिति संयोजक रामनारायण बिडारीले बताउनुभयो । संसदमा अहिले ११ वटा विषयगत समिति र ३ वटा विशेष समिति छ । उपसमितिले तयार पारेको मस्यौदा हिजो नियमावली मस्यौदा समिति सभापति राधेश्याम अधिकारीलाई बुझाएको थियो ।

संसदले पछिल्लोपटक पुस ५ गतेदेखि लागुहुने गरी थपेको १५ दिनको समय भोलि सकिँदैछ । उपसमितिले नयाँ संविधानअनुसार यसअघि ७३ सदस्यीय रहेको संसदीय सुनुवाई विशेष समितिको संख्या १५मा झारिएको छ । त्यस्तै, बहुमत सदस्यले अस्वीकृत गरेमा संवैधानिक निकायमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस पदाधिकारी, राजदूतले नियुक्त नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि गरिएको छ । संविधान जारी भएपछि संविधानसभा, संसदमा रुपान्तरण भएकोले नयाँ नियमावली बनाउन लागिएको हो ।