राजनीतिक समिती बनाएर सीमांकन मिलाउन दलहरुवीच छलफल जारी छ: नेपाल
काठमाण्डौं, पुस १८ । नेकपा एमालेका नेता माधवकुमार नेपालले राजनीतिक समिति बनाएर सींमाकन मिलाउने गरी दलहरुबीच छलफल चलिरहेको जानकारी गराउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै नेता नेपालले मधेसी मोर्चाले उठाउँदै आएको सिमाकंनका विषय राजनीतिक समिति बनाएर टुंग्याउनेगरी दलहरुबीच छलफल चलिरहेको जानकारी दिनुभएको हो ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले जनताको राय सुझाव बुझेर सबैलाइ चित्त बुझ््नेगरी सिमाकंनको विवाद मिलाउनुपर्नेमा जोड दिनुभयो ।