Thaha

Sunday 22 September - 5:17 pm NST

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नागरीकताबारे छानबिन गर्न युवासंघको माग


काठमण्डौं, १८ पुस । 
नेकपा एमालेको भातृसंगठन युवासंघले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नागरीकता रद्ध गरी कारवाही गर्न माग गरेको छ । युवासंघले आज गृहमन्त्री शक्ति बहादुर वस्नेतलाई महतोको नागरीकता छानवीन गर्नुपर्ने मागसहीतको ज्ञापनपत्र बुझाउंदै महतो विदेशी नागरीक भएको र झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएको दाबी गरिएको छ ।

युवासंघको चारपृष्ठ लामो ज्ञापनपत्र बुझेपछि गृहमन्त्री बस्नेतले नागरिकता विवादमा सरकार गम्भीर रहेको भन्दै राष्ट्रिय परिचयपत्र वितरण गरेर दिर्घकालीन समाधान गर्ने वा अहिले भएका नागरिकताको छानविन गर्ने भन्ने बहस रहेको बताउनुभयो । “सरकारले उपयुक्त विधि छानेर नागरिकतासम्बन्धि विवाद अन्त्य गर्छ” उहाँले भन्नुभयो ।