Thaha

Sunday 22 September - 5:25 pm NST

पिडीतलाई चिसोबाट जोगाउन सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डौं, पुस १४ । सर्वोच्च अदालतले भूकम्प पीडितलाई चिसोवाट जोगाउन तत्काल आवश्यक व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधिश कल्याण श्रेष्ठको एकल इजलाशले गम्भीर मानवीय संकटबाट नागरिकलाई बचाउनु राज्यको कर्तव्य भएको भन्दै तत्काल आवश्यक व्यवस्था गर्न आदेश जारी गरेको हो ।

भूकम्प पीडितलाई सातदिनभित्र न्यानो र औषधिलगायतका वस्तुहरुको वितरण गर्नू,’ सर्वोच्चको आदेशमा भनिएको छ  । यस्तै भुकम्प पीडितलाई वितरण गरेको अभिलेख सर्वोच्चमा पठाउन पनि भनिएको छ । भूकम्पले घर गुमाएकाहरुमा चिसोले समेत ज्यान गुमाउने अवस्था आउनु दुखद् भएको सर्वोच्चको आदेशमा उल्लेख छ । चिसोले भूकम्प पीडितहरुको ज्यान जान थालेको भन्दै तत्काल उचित व्यवस्था गर्न सरकारको नाममा अन्तरिम आदेश माग गर्दै हिजो सर्वोच्चमा रिट दर्ता भएको थियो ।