Thaha

Sunday 22 September - 5:10 pm NST

भुकम्प पिडीतलाई राहत नदिएको भन्दै संसदमा सरकारको आलोचना

काठमाण्डौं, पुस १४ । भुकम्प पीडितलाई राहत नदिएको र कालोबजारी रोक्न नसकेको भन्दै संसदमा सरकारको आलोचना भएको छ । संसद बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले सरकारले कबुल गरेअनुसार काम नगरेको भन्दै अलोचना गरेका हुन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद नविन्द्रराज जोशीले सरकार विहीनताको अवस्था आएको भन्दै संसदमा भूकम्प पीडितबारे विशेष छलफल गर्न माग गर्नुभयो । एकीकृत नेकपा माओवादीका सांसद श्यामकुमार श्रेष्ठले पीडितहरु चिसोबाट मरिरहेका बेला सरकारले प्रभावकारी काम गर्न नसकेको टिप्पणी गर्नुभयो । सांसदहरुले तत्काल दुई लाख उपलब्ध गराउन माग गर्दै कालोबजारी नियन्त्रण गर्न सरकार असफल भएको टिप्पणी गरे ।

नेकपा संयुक्तका जयदेव जोशीले सरकारको काम देखेर जज्जाबोध भएको बताउनुभयो ।