Thaha

Tuesday 30 April - 10:56 am NST

नेप्से दोहोरो अंकले उक्लियो

काठमाण्डौं, पुस १४ । नेप्से परिसुचक १० दशमलव २२ अंकले बढेको छ । साताको दुई दिन लगातार घटेको नेप्से आज १० दशमलव २२ अंकले बढेर १ हजार १ सय ४२ दशमलव १७ अंकमा रोकियो ।

विमा, बाणिज्य वैंक, विकास बैंक समूहको सुचक बढेसँगै समग्र नेप्से उकासिएको हो । सबैभन्दा धेरै विमा समूहको सुचक ७५ दशमलव ३, विकास वैंक १५ दशमलव ९६ र बाणिज्य वैंक ११ दशमलव ९४ अंकले बढेका छन् । आज होटल, जलविद्युत र फाईनान्स समूहका सुचक भने ओरालो लागेका छन् । यी समूहका सुचक क्रमशः ५७, २ दशमलव ६९ र ० दशमलव २७ अंकले घटे ।

दिनभर १ सय २६ कम्पनीका ९ लाख ९५ हजार ३ सय ४१ कित्ता शेयर किनबेच भएका छन् । आज कारोवार रकम केही बढेर ४९ करोड ९६ लाख ६ हजार रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । हिजो ३५ करोडको कारोवार भएको थियो ।

नेप्से परिसूचक पहिलो दिन आईतवार १ अंक र दोस्रो दिन हिजो ३ अंकले घटेको थियो ।