Thaha

Sunday 22 September - 5:07 pm NST

प्रधानमन्त्री र प्रचण्डलाई वातावरणमन्त्रीको साइकल उपहार


काठमण्डौं, १४ पुस ।

जनसंख्या  तथा वातावरण मन्त्री विश्वेन्द्र पासवासनले प्रधानमन्त्रीसहित दलका शिर्ष नेतालाई आज साइकल उपहार दिनु भएको छ । वातावरणलाई स्वच्छ र हराभरा बनाउनुपर्नेमा जोड दिँदै मन्त्री पासवानले प्रधानमन्त्री केपी शर्मा ओली र एकिकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डलाई निवासमै पुगेर साइकल उपहार दिनु भएको हो ।

वातावरण मन्त्रीको साइकल उपहार पाएपछि प्रधानमन्त्री ओलीले केहिबेर बालुवाटारमा साइकल चलाउनु भएको थियो । भारतले नाकाबन्दी गरेपछि साइकल चढेर हिँड्न तयार भएको उद्घोष गर्नु भएका एमाओवादी अध्यक्ष प्रचण्डले साइकल उपहार पाएपछि आफ्नो निवास लाजिम्पाट परिसरमा साइकल चलाउनु भयो ।