Thaha

Sunday 23 August - 12:37 am NST

पुस १९ पछि नाकाको आन्दोलनबारे पुनरबिचार हुन्छ : महन्थ ठाकुर


काठमण्डौं, १४ पुस । 
आन्दोलनरत मधेसी मोर्चाले पुस १९ पछि नाकाको अबरोध हटाउने विषयमा पूनर्विचार गर्न गर्न सकिने जनाएको छ । मोर्चाका नेता एवं तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पुस १९ सम्म मोर्चाको घोषित कार्यक्रम रहेकाले त्यसपछि नाकाको अबरोध अन्त्य गर्ने विषयमा पूनर्विचार गर्न सकिने बताएका हुन् । रिपोर्टस क्लबको ज्ञापनपत्र बुझ्दै अध्यक्ष ठाकुरले पुस १९ पछि नाकाको अबरोध खोल्ने विषयमा पूनर्विचार गर्ने बताउनुभयो ।ठाकुरले सरकराले विश्वासिलो आधार दिए तीन महिनाभित्र राजनीतिक समितिमार्फत सीमाकंन टुंगो लगाउने विषमया समेत मोर्चा सकारात्मक हुने बताउनुभयो ।  त्यसका लागि सरकारले अहिले नै गृहकार्य थाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

 ‘तीन महिनाभित्र सीमाकंन टुंगो लगाउने विश्वासिलो आधार केहो ?’, ठाकुरले भन्नुभयो–’सरकारले विश्वासिलो आधार दिनुपर्छ र त्यसको लागि गृहकार्य सुरु गर्नुपर्छ ।’संविधानप्रति असन्तुष्टी जनाउँदै मधेसी मोर्चाले चारमहिनादेखि तराइमा आन्दोलन गर्दै आएको छ ।