Thaha

Sunday 22 September - 5:13 pm NST

चिनले नेपाललाई थप अनुदानमा तेल दिने


काठमण्डौं, १४ पुस । 

चिनले नेपाललाई फेरी अनुदानमा तेल दिने भएको छ । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा नेतृत्वमा चिन गएको नेपाली प्रतिनिधि मण्डलसंग चिन सरकारले यसअघि दिएको अनुदानको परिमाणमा नै तेल दिने बचन दिएको हो । टोली फर्केलगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमान स्थालमा गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री कमल थापाले चिनले फरी अनुदानमा तेल दिने भएको जानकारी दिनुभयो । यसअघि चिनले १३ लाख लिटर अनुदानमा तेल दिएको थियो । त्यस्तै भ्रमणबाट दिर्घकालिन ब्यापारको आधार तयार भएको मन्त्री थापाले बताउनुभयो । यसको औपचारिक सम्झौता भने निकट भविष्यमै प्रधानमन्त्रीको भम्रणका क्रममा दुइ देशबिच सम्झौता हुने मन्त्री कमल थापाले जानकारी दिनुभयो ।

समग्रमा चीनसँग अनुदान सहयोग, व्यापार पारवाहन सन्धी, द्धिपक्षी लगानी प्रवद्र्धन तथा सुरक्षा सम्झौता विप्पा लगायत विषयमा महत्वपूर्ण छलफल भएको र भविष्यमा सम्झौताका लागि बलियो आधार तयार भएको बताउनुभयो मन्त्री थापा बताउनुभयो । नेपाल र चिनबिचको ९ वटै नाका प्राथमिकताको आधारमा सन्चालन गर्ने विषयमा पनि छलफल भएको छ । अरनिको राजमार्ग सन्चालनका लागि सहयोग गर्ने र रसुवागडि नाका बाह्रै महिना सन्चालन गर्ने विषयमा समझदारी भएको छ । त्यस्तै नेपालको सिमा सम्म रेल ल्याउने विषयमा पनि छलफल भएको र सिचुवान प्रान्तका मियरसंगको भेटमा नेपालको उर्जा विकासमा सहयोग गर्ने जनाएको पत्रकार सम्मेलनमा मन्त्री थापाले बताउनुभयो ।

मन्त्री नेतृत्वको ९ सदस्सीय प्रतिनिधि मण्डल गत पुष ८ गते चीन गएको थियो । नेपाल आयल निगमका प्रतिनीधि भने फर्किएको छैन । प्रधानमन्त्री केपी शर्मा ओली आगामी बैशाख अघि नै चीन जाने तयारीमा हुनुहुन्छ । भ्रमणको क्रममा ९ सय मिलियन चिनियाँ युआन अनुदान सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो । मन्त्री थापा नेतृत्वको टोलीले चिनियाँ उपराष्ट्रपति, विदेशमन्त्री तथा उच्च राजनीतिक तहमा भेटवार्ता गरेको थियो ।