Thaha

Sunday 22 September - 5:07 pm NST

सर्लाहीमा एमाले नेताको हत्या


काठमण्डौं, १४ पुस । 
सर्लाहीमा आज बिहान एमालेका जिल्ला नेताको हत्या भएको छ । सर्लाही जिल्ला कमिटीका सदस्य ६२ वर्षीय रामनरेश रायको मर्निङवाकमा गएको बेला कविलासी ८ हेमपुरमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । टाउको र कोखामा धारिलो हतियार प्रहार गरेर हत्य गरिएको पाइएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका हवल्दार राजकुमार यादवले थाहासन्चार नेटवर्कलाई जानकारी दिनुभयो ।

रायको शव अहिले घट्नास्थलमै रहेको र घट्नाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको यावदले बताउनुभयो । कविलासी ७ निवासी राय गाविसमा दुइ कार्यकाल निर्वाचत अध्यक्ष भएर काम गर्नु भएको थियो ।

उहाँ पछिल्लो समय पार्टीको निर्णय बमोजिम मधेसमा संविधान बुझाउने अभियानमा सकृय हुनुहुन्थ्यो । यसैबीच एमाले सचिव योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै हत्याको अनुसन्धान गरी दोषीमाथि कडा कारवाहीको माग गर्नु भएको छ ।