Thaha

Sunday 22 September - 5:05 pm NST

भुकम्प पिडितको मुहारमा चाँडै हाँसो ल्याउनेछु : सिइओ ज्ञवाली


सन्चु ब्लोन, काठमण्डौं, १३ पुस । 
राष्ट्रिय पुननिर्माण प्राधिकरणका नवनियुक्त सिइओ सुशील ज्ञवालीले भुकम्पबाट प्रभावित नागरिकको मुहारमा हाँसो ल्याउने अठोट ब्यक्त गर्नु भएको छ । प्रधिकरणमा नियुक्त भएपछि आज पदभार ग्रहण गर्दै ज्ञवालीले ऐनले दिएको जिम्मेवारी गम्भिरताका साथ पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । ५ वर्षभित्र पुननिमार्णका काम सम्पन्न गर्ने अठोटका साथ जिम्मेवारी बहन गरेको ज्ञवालीले बताउनुभयो । अहिले सम्म राष्ट्रिय योजना आयोगले पुननिमार्णका लागि गरेका काम ग्रहण र थप कार्ययोजना बनाएर अघि बढ्ने सिइओ ज्ञवालीले बताउनुभयो । उहाँले समग्र कार्ययोजना सहितको खाका चाँडै ल्याउने जानकारी पनि दिनुभयो ।

साप्ताहीक रुपमा सम्पन्न गर्नुृपर्ने कामदेखि लिएर वार्षिक कार्ययोजनासहित ५ वर्षमा पुन निमार्णका सबै काम सक्नेगरी आफुले भुमिका निर्वाह गर्ने उहाँको दावी छ । चिसोमा कष्टकर जीवन बिताइरहेको भुकम्प पिडितहरुलाई सिइओ ज्ञवालीले अहिले सम्म धर्य गरेकोमा धन्यवाद दिदै चाँडै निश्चित कार्ययोजनासहित आउने विश्वास ब्यक्त गर्नुभयो ।

प्रधिकरण ऐनको आधारमा अहिले विभिन्न कार्यवीधि र नियमावलीहरुको ड्राफ्ट बनाउने काम भइरहेको भन्दै उहाँले तुरुन्तै त्यसको अध्ययन गरी अन्तिम रुप दिने पनि जानकारी दिनुभयो ।