संसदको बैठक आज पनि बस्ने, संशोधन विधेयकमा छलफल गर्ने तयारी
काठमण्डौं, १३ पुस ।
हिजो गणपुरक संख्या नपुगेर स्थगित भएको संसद बैठक आज पनि बस्दैछ । दिउँसो एक बजे बस्ने आजको बैठकबाट संविधान संसोधन विधेयक अघि बढाउने तयारी छ । हिजो मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक माथि सामान्य छलफल भएर निर्णयार्थ पेस गर्ने क्रममा गणपुरक संख्या पुगेको थिएन । गणपुरक संख्या पुर्याउन जम्मा सदस्य संख्याको एक चौथाई अर्थात एक सय ४९ जना सांसदको उपस्थिती आवश्यक पर्छ ।
आजको बैठकले हिजोको विधेयकलाई सैद्धान्ति छलफलका लागि पारित गरेपछि संसोधन विधेयक मााथि सैद्धान्तिक छलफल गर्ने तयारी छ । मधेसी मोर्चाका माग सम्बोधनका लागि संविधान संसोधन गर्न लागिए पनि मोर्चाले नाराजाजी गर्दै संसदमै विरोध गर्दै आएको छ ।
राजनीतिक सहमतीका आधारमा समिति गठन गरी तीन महिनामा प्रदेशको सिमांकनको टुंगो लगाउन सरकार र प्रमुख दलले प्रस्ताव गरेपनि मोर्चाले अहिले नै टुंग्याउनु पर्ने अडान राखेपछि सहमती हुन सकेको छैन ।