Thaha

Sunday 14 December - 7:45 am NST

प्रमुख तीन दलको बैठक बालुवाटारमा जारी


काठमण्डौं, १३ पुस । 
प्रमुख तीन दलको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा बैठकमा संविधान संसोधन विधयेक अघि बढाउने बिषयमा छलफल केन्द्रित रहेको नेताहरुले बताएका छन् । बैठकमा तीन दलबीच साझा धारणा बनाएर जाने प्रयास हुनेछ । तीन दलबिच भएको छलफलको आधारमा मधेशी मोर्चासँग संयुक्त छलफलको तयारी गरिएको छ ।

मुख्य तीन दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति सुशील कोइराला, महामन्त्री प्रकाशमान सिंह, नेता महेश आचार्य, एमालेका बरिष्ठ नेता झलनाथ खनाल, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतको सहभागिता छ ।