Thaha

Sunday 22 September - 7:20 pm NST

विवाहपन्चमी काण्डमा १५ जनालाई पक्राउ गरी कारबाही थालेको गृहमन्त्रीको जानकारी


काठमण्डौं, १२ पुस । 
गृहमन्त्री शक्ति बस्नेतले जनकपुरको रामजानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको दुरब्यहार संलग्नलाई पक्राउ गरि मुद्धा चलाइसकेको बताउनु भएको छ । नयाँबानेश्वरमा जारी संसद बैठकमा बोल्दै गृहमन्त्री बस्नेतले ११ पुरुष र ४ महिला गरी १५ जनालाई पक्राउ गरी मुद्धा चलाइसकेको जानकारी दिनु भएको हो । पक्राउ परेकामा तीन जनालाई सार्वजनिक अपराध ऐन र एकलाई प्राचीन स्मारक ऐनअन्तर्गत कारबाही अघि बढाइएको गृहमन्त्रीले बताउनुभयो । राष्ट्रपतिमाथि अभद्र व्यवहार गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि सरकार प्रतिवद्ध रहेको भन्दै गृहमन्त्री बस्नेतले घट्नाको बारेमा छानविन गर्न सरकारले छानविन समिती गठन गरी काम कारबाही भइरहेको बताउनुभयो ।

छानविन समितीको प्रतिवेदन एक दुइ दिन भित्रै प्रतिवेदन सार्वजानिक गर्ने उहाँको भनाइ छ । उहाँले सुरक्षाकर्मिहरुले मन्दिर सरसफाई गर्ने परम्परागत चलन भएपनि मन्दिरमा धार्मिक एवं समाजिक सहिष्णुता बिगार्ने र लैंगिक हिंसा गर्ने नियतले गतिवीधि गरेको पाइएको बताउनुभयो । राष्ट्रपति माथी विधुवा भएकै कारण दुरब्यवहार भएको भन्दै सर्वत्र विरोध भएपछि संसदले यर्थात जानकारी गराउन सरकारलाई निर्देशन दिएको थियो ।