Thaha

Sunday 22 September - 7:02 pm NST

गणपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित


काठमण्डौं, १२ पुस । 
गणपुरक संख्या नपुगेपछि संविधान संसोधन विधेयक माथि संसदमा आज छलफल हुन  सकेन । मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक माथि छलफल भएर निर्णयार्थ पेस गर्ने क्रममा गणपुरक संख्या नपुगे पछि बैठक नै भोलीसम्मका लागि स्थगित भएको हो । निर्णयार्थ पेश गर्ने क्रममा कांग्रेसका सांसद रामहरी खतिवडाले प्रश्न उठाएपछि गणना गर्दा एक सय २४ जना मात्र सांसद उपस्थित थिए ।

गणपुरक संख्या पुग्न एक चौथाई अर्थात एक सय ४९ जना सांसद उपस्थित हुनुपर्छ । स्वाथ्य मन्त्री रामजनम चौधरीको तर्फबाट उद्योग मन्त्री सोम प्रसाद पाण्डेले विधेयक पेश गर्नुभएको थियो । गणपुरक संख्या नै नपुगेपछि संविधान संसोधन विधेयक माथिको छलफल पनि भोली सम्मका लागि स्थगित भएको छ । संसद बैठक भोली एक बजेका लागि बोलाइएको छ ।