Thaha

Saturday 22 August - 11:42 pm NST

मन्त्रिपरिषद् विस्तार विरुद्धमा सर्वोच्च आदालमा रिट दायर


काठमण्डौं, १२ पुस । 
मन्त्रिपरिषद् विस्तार विरुद्धमा सर्वोच्च आदालमा रिट दायर भएको छ । अधिवक्ताहरु रोशनकुमार झा, प्रभुचन्द्र झा र डिल्ली प्रसाद न्यौपाने संयुक्त रुपमा रिट दायर गर्नुभएको हो । प्रशासन सुधार आयोग २०४८, सार्वजनिक खर्च पुनरावलोकन आयोग २०५७ सहित विभीन्न अध्ययनले मन्त्रालय संख्या घटाएर १८ वटामा सिमित राख्न सुझाव दिएपनि त्यसलाई वेवास्ता गर्दै अहिलेको सरकारले मन्त्रालयको संख्या बढाएको भन्दै अन्तरिम आदेशको माग गर्दै रिट दायर गरिएको  हो ।

‘संसदिय अभ्यास र संक्रमणकालको नाममा संवैधानिक सर्वोच्चता र विधीको शासनलाई बर्तमान सरकारले चुनौती दिएको छ,  रिटमा भनिएको छ, राष्ट्रिय अर्थतन्त्रमा भार पर्नेगरी सत्ता टिकाउने नाममा पच्चिस जना भन्दा बढी मन्त्री नियुक्त गर्नु पुर्णतया गैरकानुनी छ ।’ नयाँ संविधानले प्रधानमन्त्री सहित २५ जनाको मन्त्रिमण्ड हुने ब्यवस्था गरेपनि त्यसलाई वेवास्ता गरेकाले सरकार स्वयं संविधान कार्यान्वयनमा प्रतिवद्ध नरहेको सन्देश जनतामा गएको भन्दै अधिवक्ताहरुले रिटको अन्तिम टुंगो नलागेसम्म नयाँ मन्त्रिहरुलाई काम नगर्न नगराउनका लागि अन्तरीम आदेशको माग गरेका छन् ।