चन्द राप्रपाको अध्यक्ष
काठमाण्डौं, पुस ११ । लोकेन्द्रबहादुर चन्द राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बन्नुभएको छ । यसअघि भएको सहमती अनुसार अध्यक्ष पशुपति शमशेर राणाले चन्दलाई आज अध्यक्ष पद हस्तान्तरण गर्नुभएको हो ।
केन्द्रीय समितिको आजको बैठकमा राणाले चन्दलाई अध्यक्ष पद हस्तान्तरण गरेको घोषणा गर्नुभयो । राणाले यसअघि चक्रीय प्रणाली अनुसार अध्यक्ष बन्ने सहमति भएको र पार्टीको हितलाई ध्यानमा राखेर चन्दलाई अध्यक्ष पद हस्तान्तरण गरेको बताउनुभयो ।
अब चन्द एकबर्ष अध्यक्ष बनेपछि उहाँले फेरि डाक्टर प्रकाशचन्द्र लोहनीलाई अध्यक्ष पद हस्तान्तरण गर्नुहुने छ ।