Thaha

Sunday 22 September - 7:20 pm NST

कांग्रेसका पुराना क्रियाशील सदस्यको सदस्यता वितरण सुरु

काठमाण्डौं, पुस ११ । नेपाली कांग्रेसले पुराना क्रियाशील सदस्यको सदस्यता वितरण सुरु गरेको छ । केन्द्रमा विवाद नटुंगिंदै कांग्रेसले क्रियाशील सदस्यता वितरण गरेको सुरु गरेको हो । काभ्रे क्षेत्र नम्बर—१  भकुण्डेबेशीमा कार्यक्रम गरेर आज कांग्रेसले १२ औं महाधिवेशनसम्मका क्रियाशील सदस्यको सदस्यता वितरण गरेको छ ।

आज २९ गाविसका झण्डै ९ सय जनालाई सदस्यता वितरण गरिएको नेपाली कांग्रेस काभ्रेले जनाएको छ । क्रियाशील सदस्यता वितरणमा अनियमिता भएको भन्दै केन्द्रमा छानवीन भईरहेको छ । छानवीन समितिका सदस्य रामकृष्ण यादवले केन्द्रको विवाद अझै नटुंगिएको बताउनुभयो ।

उहाँले पुराना क्रियाशील सदस्यता नवीकरण जिल्लामै नविकरण हुने भएकाले जिल्ला तहबाटै वितरण भएको हुन सक्ने भएपनि आफूलाई जानकारी नभएको बताउनुभयो । सदस्यता वितरण कार्यक्रममा पुगेका कांग्रेस नेता डाक्टर प्रकाशशरण महतले अब कांग्रेसमा नयाँ नेतृत्व छान्नुपर्ने बताउनुभयो । कांग्रेस नेता देउवा पक्षधर मानिने महतले सुशील कोईरालाको विकल्प खोज्नुपर्ने बताउनुभएको हो ।