Thaha

Sunday 22 September - 7:11 pm NST

बाध्यताले मन्त्रालय फुटाएर मन्त्रिपरिषद विस्तार गर्नुपरेकोः वनमन्त्री सापकोटा


काठमाण्डौं, पुस ११ । वनमन्त्री अग्निप्रसाद सापकोटाले बाध्यताका कारण मन्त्रालय फुटाएर प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नुपरेको बताउनुभएको छ ।

चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै मन्त्री सापकोटाले मुलुकको असहज अवस्थाको अन्त्यका लागि सबैलाई समेट्न मन्त्रिपरिषद् ठूलो बनाउनुपरेको प्रष्टिकरण दिनुभया । यसलाई बाध्यताका रुपमा बुझिदिन उहाँले आग्रह पनि गर्नुभयो ।

नाकाबन्दी लगायतका समस्या केही दिनभित्रै समाधान हुने उहाँको दावी छ । एकीकृत नेकपा माओवादीका नेता समेत रहेका मन्त्री सापकोटाले आफ्नो पार्टीले सरकार नढाल्ने पनि बताउनुभयो ।