Thaha

Sunday 22 September - 7:05 pm NST

गायक हेम वाइबाको राष्ट्रिय नाचघरमा एकल साँझ


सन्चु ब्लोन, काठमण्डौं, ११ पुस । 
तामाङ मौलिक गीत म्हेन्दोमायाको ऐतिहासिक कार्यक्रम ‘म्हेन्दोमाया साँझ’ कार्यक्रम काठमण्डौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएको छ । बिगत २० वर्षदेखि म्हेन्दोमाया गीतसंगितको प्रवद्र्धनमा लागी परेका गायक हेम वाइबाको एकल तथा म्हेन्दो माया साँझ शुक्रबार भब्य रुपमा भएको हो । धादिङ र नुवाकोटका उत्तरीभेगका तामाङहरुले गाउँने म्हेन्दोमायालगायत गीतका ८ वटा एल्बम बजारमा ल्याइसकेका हेम वाइबाले आफु जन्मेको गाउँ धादिङको सेम्जोङमा भुकम्पले भत्किएको बुद्ध प्राथमिक विद्यालयको भवन निमार्णमा सहयोगार्थ पनि एकल कार्यक्रम गरेको बताउनु भएको छ । 


कार्यक्रममा हेम वाइबाले साइकोले, म्हेन्दोमाया, आम्मले अम्मले, ओमसांगेल जस्ता बोलका मौलिक र तामाङ जनजीवनका सुखदुःख र परम्पराका गीतहरु गाउनु भएको थियो । हेम वाइबाको एकल प्रस्तुतिमा कलाकारहरु रमला पाख्रिन, राम गोम्जा, मिना लामा, सागर.एस वाइबा, किर्ति तामाङलगायतले साथ दिएका थिए । 
सांसद दिलमान पाख्रिनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न दलका तामाङ सांसद, संघसंस्था प्रतिनीधिसहित नाचघर भरिभराउ भएको थियो ।