Thaha

Sunday 22 September - 7:00 pm NST

नेपाली काँग्रेस र एकीकृत नेकपा माओवादीबीच छलफल, दिउँसो दुवै पार्टीले मधेसीमोर्चासंग छलफल गर्ने


काठमण्डौं, ११ पुस ।
नेपाली काँग्रेस र एकीकृत नेकपा माओवादीबीच आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सहमतिमा ल्याउने विषयमा छलफल भएको छ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बिहान भएको छलफल आन्दोलनरत मधेसी मोर्चालाई सहमतिमा ल्याउने विषयमा केन्द्रीत भएको प्रचण्डको नीजि सचिवालयले जनाएको छ । भोलीसम्म संविधान संशोधन प्रस्तावमा सहमति जुटाएर आन्दोलनलाई समाधान गर्नेगरी हिजोदेखिनै दलहरु सक्रिय भएका छन । बेलुकी काँग्रेस र एकीकृत माओवादीले मधेसी मोर्चासंग छलफल गर्ने निर्णय पनि गरेका छन ।

भोलीबस्ने संसद बैठक अघि नै सहमती गरी मोर्चाको समर्थनमै संविधान संसोधन गर्ने बताएका दलहरुले छलफललाई निरन्तरता दिएका हुन् । एकीकृत माओवादी अध्यक्ष प्रचण्डले हिजो नेपाली काँग्रेस,  नेकपा एमाले र मोर्चाका नेताहरुसंग सहमतिका लागि  छलफल गर्नु भएको थियो भने कांग्रेसले मोर्चाको सहमतीमा संविधान संसोधन गर्नु पर्ने भन्दै बैठक स्थगित गर्न आग्रह गरेपछि संसोधन विधेयक माथिको छलफल आइतबारसम्मलाई स्थगित गरिएको थियो ।