Thaha

Monday 06 October - 12:57 pm NST

आज माओ–त्सेतुङको जन्म दिवस, माओवादीहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै


काठमण्डौं, ११ पुस । 

आज १ सय २२ औं माओ दिवस नेपालमा रहेका विभिन्न कम्युनिष्ट घटकले विभिन्न कार्यक्रमगरी मनाउँदैछन । चिनियाँ नयाँ जनवादी क्रान्तिका नेता माओ–त्सेतुङको जन्मदिनको अवसरमा संसारभरका कम्युनिष्ट पार्टीहरुले यो दिवस मनाउने गरेका छन ।  २६ डिसेम्बर सन् १८९३ मा माओको जन्म चीनको हुनान प्रान्तको साओसानमा भएको थियो ।जन्मदिनको अवसरमा एकिकृत नेकपा माओवादिले केन्द्रिय कार्यलय पेरिसडाँडामा कार्यक्रम गर्दैछ भने नेकपा क्रान्तिकारी माओवादीले कुपनडोल ललितपुरमा कार्यक्रम गर्ने तयारी गरेको छ । 

नेपालमा माओकै पथप्रदर्शक सिद्धान्तमा आधारित भएर तत्कालिन विद्रोही नेकपा माओवादीले दशवर्षसम्म राज्य विरुद्ध शसस्त्र संघर्ष गरेको थियो । संघर्षकै बलमा तत्कालिन विद्रोही नेकपा माओवादी र तत्कालिन सात राजनीतिक दलको आन्दोलनले नेपालबाट राजतन्त्रको अन्त्य भएको थियो । शान्ति प्रकृयापछि विभिन्न समूहमा विभाजित नेपालका माओवादीले आज विभिन्न कार्यक्रम गदैछन ।

माओ दिवसको अवसरमा विज्ञप्ती निकालेर नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले  नयाँ जनवाद हुँदै समाजवाद तथा साम्यवादको दिशामा निरन्तर अगाडी बढीरहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।