Thaha

Sunday 22 September - 7:14 pm NST

आजदेखि दैनिक ११ घण्टा लोडसेडिङ


काठमण्डौं, १० पुस ।
नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुने गरी लोडसेङिको समय बढाएको छ । यसअघि दैनिक १० घण्टा हुदै आएको लोडसेडिङ अव दैनिक ११ घण्टा र हप्तामा ७७ घण्टा हुनेछ । नदीमा पानीको वहाव अत्याधिक घटेको र असामान्य ढंगले माग बढेकाले विजुली काट्नु परेको प्राधिकरणले जनाएको छ । भारतीय नाकावन्दीले ग्यात आयात सहज नहुने हो भने हिउँजमा १४ घण्टा भन्दा बढी लोडसेडिङ हुने प्राधिकरणको भनाई छ । 
ग्याँसको अभावमा इन्डक्सन चुलोमा खाना पकाउने गरिएको, तर त्यो अनुसारको संरचना नभएको र ग्यास भए पनि विजुलीमै खाना पकाउने चलन बढेकाले समस्या भएको नेपाल विद्युत प्राधिकरण भारप्रेशण केन्द्रका प्रमुख भुवन क्षेत्रीले बताउनुभयो । अहिले निर्धारित तालिका भन्दा पनि बढी लोडसेडिङ हुने गरेको छ भने कुनै ठाउँमा हप्ता दिनसम्म पनि विजुली आउने गरेको छैन । प्राधिकरणले भने विजुलीको प्रयोग बढी हुँदा ट्रान्फर्मर पड्केकाले बनाउनका लागि समय लागेकाले यस्तो भएको बताएको छ । 


भारतीय नाकावन्दी पछि झण्डै ५ सय ट्रान्फर्मर पड्कीएको र मर्मतका लागि १५ दिनसम्म लाग्न सक्ने क्षेत्रीको भनाई छ । लाइन आएको बेला एकै पटक सबै काममा विजुली प्रयोग गर्दा वाइरिङ, केवल जल्ने, ट्रान्फर्मन पड्कले र आगलागी समेत  हुन सक्ने भएकाले बढी विजुली खपत हुने गरी एकै पटक प्रयोग नगर्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।