Thaha

Sunday 22 September - 7:11 pm NST

मुख्य तीन दलबिच मधेसीमोर्चाको मागमा लचिलो हुने सहमति


काठमण्डौं, १० पुस । 
मुख्य तीन राजनीतिक दलबीच मधेसी मोर्चाका माग सम्बोधनमा लचकता अप्नाउने सहमति भएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान नेपाली काँग्रेस र नेकपा एमालेका शीर्षनेतासंग गरेको छलफलमा यस्तो सहमति भएको हो । प्रचण्डको निवास लाजिम्पाट भएको छलफलमा नेताहरुबीच मोर्चाका माग सम्बोधनका लागि सचकता आप्नाउने सहमति जुटेको प्रचण्डको नीजि सचिवालयले जनाएको छ । भेटमा माओवादी अध्यक्ष प्रचण्ड, एमाले  वरिष्ठ नेता माधवकुमार नेपाल र काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला लगायत सहभागि हुनुहुन्थ्यो । 


यसैबीच सीमाकंनको विश्वसनिय आधार भए मधेसी मोर्चा संविधान संशोधनका लागि सहमत हुने भएको छ । सीमाकंनको विश्वसनिय आधार सहित सहमति भएमा मोर्चाले आन्दोलन फिर्ता लिने र सीमाकंनसम्म असहमति राखेर अगाडी बढ्ने संकेत दिएको छ । बिहान एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसंग भएको भेटमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्षनेताले सीमाकंन हुने समयसम्म सहमतिमा हस्ताक्षर नगर्ने तर संविधान संसोधन मार्फत खोजिने निकासमा बाधक नबन्ने संकेत गरेका हुन । प्रचण्डले तराई मधेसको माग सम्बोधनका लागि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसंग झण्डै दुईघन्टा छलफल गर्नु भएको हो ।

 

आगामी आइतबार बस्ने संसद बैठक अघि नै सहमती गरी मोर्चाको समर्थनमै संविधान संसोधन गर्ने बताएका दलहरुले छलफललाई निरन्तरता दिएका हुन् । कांग्रेसले मोर्चाको सहमतीमा संविधान संसोधन गर्नु पर्ने भन्दै बैठक स्थगित गर्न आग्रह गरेपछि संसोधन विधेयक माथिको छलफल आइतबारसम्मलाई स्थगित गरिएको थियो ।