Thaha

Sunday 22 September - 7:14 pm NST

मन्त्रालय विभाजन गरेर मन्त्रीपरिषद विस्तार गर्ने तयारी, औपचारिक निर्णयका लागि फेरी मन्त्रीपरिषद बस्दै


काठमण्डौं, ७ पुस । 
सरकारले अहिले भएका मन्त्रालय टुक्राएर मन्त्रिपरिषद् परिषद विस्तार गर्ने तयारी गरेको छ । आज दिउँसो सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा अहिले रहेका मन्त्रालयहरु विभाजन गरेर मन्त्रीहरु थप्ने गरी छलफल गरेपनि औपचारिक निर्णय भने भइ नसकेको बैठकपछि सुचना तथा सन्चार प्रविधीमन्त्री शेरधन राईले जानकारी दिनुभयो । बैठकमा छलफल भएपनि औपचारिक रुपमा नटुंगिएको र आवश्यक परे फेरी आकास्मिक बैठक बस्न सक्ने सन्चारमन्त्री राईले बताउनुभयो ।

मन्त्रीपरिषदले नेपाली सेनाका महासेनानीहरुको पदावधि थप गर्ने निर्णय गरेको छ । पदाअवधि थप हुनेमा दिलिपबहादुर विष्ट, दिपक घले गुरुङ र ताराध्वज पाण्डे छन् । त्यस्तै  बैठकले महिला तथा बालबालिका कार्यालयका प्रमुखहरुलाई बालकल्याण अधिकारी तोक्ने निर्णय गरेको मन्त्री राइले बताउनुभयो ।

 सरकारले युरोपियन युनिनले दिएको अनुदान सहायता स्विकार गर्ने निर्णय गरेको छ । नेपालको पोषण सुधारको लागि ‘हात्तेमालो’  कार्यक्रमका लागि युनियनले दिएको २ अर्ब ५६ करोड ७१ लाख रुपैयाँ अनुदान स्विकार हो ।