Thaha

Sunday 22 September - 9:24 pm NST

अदालतमा राजनीति गर्न दिइन्न : प्रधानन्याधिस श्रेष्ठ


काठमण्डौं, ९ पुस । 
प्रधानन्यायाधीस कल्याण श्रेष्ठले अदालतमा राजनीति गर्न नदिईने बताउनुभएको छ  । सर्वोच्च अदालत र संवैधानिक न्यायिक पत्रकार मञ्चले भक्तपुरमा  गरेको कार्यक्रममा प्रधानन्यायाधीस श्रेष्ठले न्यायधीस नियुक्तिमा राजनीतिक चलखेल हुन खोजे पनि अदालतमा कसैलाई पनि राजनीति गर्न नदिने प्रतिबद्घता ब्यक्त गर्नुभयो । प्रधानन्यायाधीस  श्रेष्ठले अदालतको फैसला कार्यान्वयन नहुँदा निराशा छाएको बताउदै अदालतको फैसला कार्यान्वन गराउन नसक्नु राज्यको बिफलता भएको बताउनुभयो । फैसला कार्यान्वयनको जिम्मा सरकारको भएको बताउदै उहाँले फैसला कार्यान्वयनमा सुधार ल्याउन अदालत आफैले पनि अभियान संचालन गरेको उल्लेख गर्नुभयो । संबिधानको ईमान्दार कार्यान्वयन सर्बोच्च अदालको चुनौति भएको बताउँदै जनता न्यायप्रेमी र स्वाभिमानी भए मात्र प्रजातन्त्र सुदृढ हुने बताउनुभयो ।सत्य नै न्याय भएको बताउँदै उहाँले सत्यलाई पछि पारेर न्याय अघि बढ्न नसक्ने बताउनुभयो ।