Thaha

Sunday 22 September - 9:06 pm NST

मन्त्रालय फुटाएर मन्त्रीपरिषद विस्तार गर्ने तयारी, सत्तसाँझेदार दल माओवादीको असहमति


काठमण्डौं, ९ पुस । 
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्री परिषद् विस्तार गर्दै हुनुहुन्छ । नेकपा एमाले, राप्रपा, नेपाल परिवार दल, समाजवादी जनता पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिका मन्त्रीलाई सहभागि गराएर प्रधनमन्त्री ओलीले मन्त्री परिषद् विस्तार गर्न लाग्नु भएको हो । एमालेबाट रविन्द्र अधिकारी, परिवार दलबाट एकनाथ ढकाल, समाजवादी जनता पार्टीबाट प्रेमबहादुर सिं र जनमुक्तिबाट शिवलाल थापा मन्त्री बन्ने लगभग पक्का छ । को मन्त्री बन्ने भनेर अझै टुंगो  नलागेकाले राप्रपा भने आजै सरकारमा जाने  सम्भावना नरहेको श्रोतले जनाएको छ । राप्रपाबाट महामन्त्रीहरु विक्रम पाण्डे वा दिपक बोहरामध्ये को सरकारमा जाने भन्ने विवाद छ । पाण्डे मन्त्री भएमा जयन्त्र चन्दबहादुर राज्य मन्त्री बन्नुहुनेछ ।

पुष ११ र १२ गते पार्टीको केन्द्रिय समिति बैठक बोलाइएकाले त्यसपछि मात्र सरकारमा जाने मन्त्रीहरुको टुंगो लाग्ने राप्रपाले जनाएको छ । एमालेका अधिकारीले सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयलाई टुक्राएर एक, परिवार दलले शान्ति तथा पुनर्निमाण र राप्रपाले शहरी विकास मन्त्रालय पाउने सम्भावना छ । अन्य मन्त्रीका लागि अझै केही मन्त्रालय फुटाउनु पर्ने देखिएको छ । मन्त्रालयको टुंगो लगाउन बिहान बस्ने भनिएको मन्त्री परिषद् दिउँसोलाई सारिएको छ । प्रधानमन्त्रीको व्यवस्तताले बैठ दिउँसो १ बजेलाई सारिएको उहाँको सचिवालयले जनाएको छ । राष्ट्रपति कार्यालय श्रोतका अनुसार केही मन्त्रीहरुलाई आजै पद तथा गोपनयिताको सपथको तयारी छ । 


यसैबीच प्रधानमन्त्री ओलीले आज मन्त्रालयहरु टुक्रएर मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेपछि सत्तासाँझेदार दल एकिकृत माओवादीले असहमती जनाएको छ । आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निबास लाजिम्पाटमा बेसेको स्थायी समिती बैठकले प्रधानमन्त्रीले गरेको मन्त्रालय फुटाउने प्रस्ताव नमान्ने निर्णय गरेको प्रबक्ता दिननाथ शर्माले जानकारी दिनुभयो । मन्त्रालय फुटाएर जाँदा राम्रो सन्देश नजाने  भएकोले बरु माओवादी घटाउनु पर्छ भन्ने मान्यतामा रहेकोले आफुले पाएको मन्त्रालय समेत छोड्न तयार रहेको शर्माको भनाई छ ।

त्यस्तै बैठकले भुकम्प पिडितहरु चिसोमा अन्त्यन्तै कष्टकर जीवन बितराइरहेकोले गृहमन्त्रालयमार्फत सरकारलाई तत्काल न्यानोका लागि कम्बल र चिसोले बिरामी परेका ठाउँमा औषधि वितवरण गर्न पहल गर्ने निर्णय गरेको छ । भुकम्प पिडित बस्तिहरुमा स्वास्थ्य शिविरहरु तत्काल सन्चाल गर्न पनि माओवादीले सरकारलाई आग्रह गर्ने बताएको छ ।