Thaha

Sunday 22 September - 9:10 pm NST

कसैको दबाबमा प्रदेशको सीमांकन हेरफेर हुन्नः गृहमन्त्री

काठमाण्डौं, पुस ७ । गृहमन्त्री तथा एकीकृत नेकपा माओवादीका नेता शक्ति बहादुर बस्नेतले कसैको दवावमा प्रदेशको सीमांकन हेरफेर नहुने बताउनु भएको छ ।

मध्य र सुदूरपश्चिम क्षेत्रका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुको आजदेखि नेपालगन्जमा शुरु भएको क्षेत्रीय गोष्ठी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री बस्नेतले कसैले दवाब दिँदैमा प्रदेशको सिमाङ्कन हेरफेर हुन नसक्ने बताउनुभएको हो  ।

उहाँले उच्चस्तरीय संंयन्त्र बनाएर सिमांकन समस्या समाधान गर्न सकिने बताउनुभयो ।