Thaha

Tuesday 30 April - 9:29 am NST

नेप्से ६ अंकाले उक्लियो

काठमाण्डौं, पुस ७ । नेप्से सुचक आज ६ अंकले बढेको छ । बाणिज्य वैंक लगायत समूहका सुचक हरियो भएसँगै नेप्से ६ दशमलव ६६ अंकले बढेर बजार १ हजार १ सय ३८ अंकमा पुगेर बन्द भयो । आज बाणिज्य बैंक समूहको सुचक ९ दशमलव १ अंकले बढेको छ ।

सबैभन्दा धेरै विमा समूहको सुचक ५४ दशमलव १७ अंकले हरियो हुंदा विकास वैंक ६ दशमलव ४६, अन्य २ दशमलव ३५ अंकले उकासिए । आज होटेल, जलविद्युत, फाईनान्स, समूह भने रातो देखिए । यी समूहका सुचक क्रमश ः २६ दशमलव ४२, १६ दशमलव ४५, १ दशमलव २४ अंकले ओरालो लागे ।

आज कारोवार रकम पनि बढेको छ ।  दिनभर १ सय २५ कम्पनीका ८ लाख १४ हजार ९ सय ५८ कित्ता सेयर किनबेच हुंदा ५३ करोड २० लाख ३४ हजार रुपँैयाको कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।