Thaha

Tuesday 30 April - 8:18 am NST

नाकाबन्दी पछि बिद्युत उपयोग धेरै

भारतीय नाकाबन्दीपछि विद्युत उपयोग बढी हुँदा पाँच सयजति ट्रान्सफर्मर पड्किएको उर्जा मन्त्रालयले जनाएको छ । आज संसदको कृषि तथा जलस्रोत समितिमा बोल्दै उपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले विद्युत खपतले लोड धान्न नसकेर ५ सय जति ट्रान्सफर्मरमा क्षति पुगेको जानकारी गराउनुभयो । उहाँले टान्सफर्मर पड्कँदा झन्डै ३५ करोड रुपैयाँ राज्यलाई नोक्सान भएको बताउनुभयो ।

मन्त्री रायमाझीले सरदर दिनमा १३ वटासम्म टान्सर्फमर पड्किने गरेको जनाउँदै सबै तत्काल बनाउने क्षमता नरहेकोले कतिपय ठाउँमा लोडसेडिङ बढिरहेको उल्लेख गर्नुभयो । उहाँले नाकाबन्दीपछि उर्जाको माग बढिरहेपनि विद्युतीय पुराना संरचनाका कारण समस्या आएको बताउनुभयो ।  परम्परागत शैलीबाट भइरहेको कामलाई बदल्दै संरचनागत सुधारमा ध्यानुपर्ने मन्त्री रायमाझीको भनाई छ ।

कमजोर संरचनाको सुधारको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन उर्जा मन्त्रालय लागिपरेको उहाँले जानकारी पनि दिनुभयो ।