Thaha

Tuesday 30 April - 6:40 am NST

उर्जा क्षेत्रको कार्यप्रगति विवरण समितीमा बुझाउन संसदीय समितीको निर्देशन

काठमाण्डौं, पुस ७ । संसदको कृषि तथा जलस्रोत समितिले उर्जा क्षेत्रमा भएका हरेक महिनाको कार्यप्रगति विवरण समितिमा बुझाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बसेको बैठकले प्रसारण लाइन, पीपीए, हाइड्रो आयोजनाको संरचनागत सुधार सम्बन्धमा भएका प्रगति विवरण हरेक महिनाको दोस्रो हप्ता समितिमा बुझाउन सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै, जलविद्युतबाहेक, सौर्यजस्ता वैकल्पिक उर्जालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्दा हुने प्राविधिक समस्या, अहिलेको माग र आपूर्तिको समस्यामा पुग्ने सहयोग र उपयुक्त उपायबारे महिना दिनभित्र जानकारी गराउन उर्जा मन्त्रालयलाई पनि बैठकले निर्देशन दिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.युवराज खतिवडा, मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो ।