Thaha

Tuesday 30 April - 7:56 am NST

नाकाबन्दी र तराई आन्दोलनले २ हजार बढि उद्योग बन्द



काठमण्डौं, ७ पुस । लगातारको तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण ४ महिनाको अवधिमा २ हजार २ सय उद्योग बन्द भएका छन् । गत भदौदेखि हालसम्म २ हजार २ सय उद्योग बन्द भएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । रेडियो थाहा सञ्चारसँग कुरा गर्दे महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणले भारतको नाकाबन्दी र तराई बन्दका कारण कच्चा पदार्थ अभाव हुदाँ उद्योग धन्दा बन्द गर्नुपरेको बताउनुभयो ।

उद्योग धन्धा बन्द हुँदा दैनिक २ अर्बको नोक्सानी भइरहेको उहाँले जानकारी दिनुभयो । १० वर्षे सशस्त्र द्वन्द्वमा भन्दा पनि नाकाबन्दीका कारण उद्योग धन्दा बढी संकटमा परेका कारण सरकारले नीजि क्षेत्रलाइ पनि राहत दिनुपर्ने उहाँले बताउनु भयो । महासंघले सरकारसँग राहतका लागि अनुरोध गरेको भन्दै राणाले यो अवधिमा ब्याजमा ५० प्रतिशतले छुट दिन माग गर्नुभयो ।