Thaha

Sunday 22 September - 9:04 pm NST

एकिकृत माओवादीले ७ प्रदेश अनुसारको सांगठानिक संरचना बनाउने


काठमण्डौं, ७ पुस । 
कार्यविभाजन र सांगाएकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक आज सकिदैछ । मंसिर १५ गतेदेखि शुरु भएको बैठक आज पार्टीको आगामी कार्ययोजना र कार्यविभाजना गरेर सकिने माओवादीले जनाएको छ । एकीकृत माओवादीले यसअघिको राज्य समिति विघटन गरेर प्रादेशिक समिति बनाउने भएको छ । यसअघिका १४ वटा राज्य समितिको ठाउँमा अव प्रदेश अनुसारका ७ वटा प्रादेशिक संरचना बनाउन लागेको पार्टी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । पदाधिकारीहरु प्रदेशको इन्चार्ज हुने र वरिष्ठ स्थाई समिति सदस्यहरु सेक्रेटरी रहने माओवादीले जनाएको छ ।

आवश्यकता अनुसार सहइन्चार्ज पनि तोक्न सकिने माओवादीको भनाई छ । पदाधिकारीको संख्या कम भएकाले केही स्थाई समिति सदस्यहरु पनि प्रदेश इन्चार्ज हुनेछन् । प्रादेशिक इन्चार्जको टुंगो लगाउन अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पार्टमा पदाधिकारी बैठक बसिरहेको छ । माओवादीले जातीय मोर्चालाई भने निरन्तरता दिन सक्ने बताएको छ ।

आगामी जेठसम्म ६ महिनो कार्ययोजना सहित पार्टी पुनर्निमाण अभियान चलाउने र २०७३ साल भित्र महाधिवेशन गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव छ । आजको बैठकले परिमार्जन सहित प्रचण्डको प्रस्ताव पारित गर्ने प्रचण्डका स्वकिय सचिव एवं केन्द्रीय सदस्य चुडामणी खड्काले जानकारी दिनुभयो ।