Thaha

Sunday 22 September - 9:12 pm NST

मधेसी मोर्चाको नेताहरु कांग्रेससंग छलफलमा


काठमण्डौं, ७ पुस ।
तराईमा मात्र वार्ता गर्ने निर्णय गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा काठमाण्डौमै हुने वार्तामा सकृय भएको छ । हिजो सरकारी वार्ता टोलीका संयोजक कमल थापा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग वार्ता गरेको मोर्चाले आज कांग्रेससँग फेरी छलफल गरिरहेको छ । मोर्चा र कांग्रेसबीच कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा छलफल भइरहेको हो ।

हिजो सरकारी वार्ता टोलीसँगको छलफलमा मन्त्री  परिषद्ले गरेको पछिल्लो निर्णय जानकारी गराइएको थियो । संविधानको समेत स्वागत गर्न नसकेको भारतले हिजो सरकारको पछिल्लो निर्णयको स्वागत गर्दै सिमा नाका खोल्ने संकेत गरेको थियो । तर सदभावना पार्टीका महासचिव मनिस सुमनले भने भारतलाई चित्त बुझे पनि सरकारी प्रस्तावले आफूहरुको माग सम्बोधन गर्न नसक्ने बताउनुभभएको छ । मोर्चाले आज तराईका सबै गाविसमा संविधान संसोधन विधेयक जनाउने बताएको छ ।