Thaha

Sunday 22 September - 9:02 pm NST

चीन भ्रमणमा चीनसंग इन्धन सम्झौता हुने

काठमाण्डौं, पुस ६ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमणका क्रममा चीनसंग इन्धन सम्झौता हुने बताउनु भएको छ । थाहा सञ्चार नेटवर्कको कार्यक्रम द न्यूज प्लसमा कुरा गर्दै रिमालले कमल थापाको नेतृत्वमा हुने चीन भ्रमणका क्रममा इन्धनसँग सम्बन्धित व्यापारिक सम्झौता हुने बताउनुभयो ।

मन्त्री थापा नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डल पर्सी चीन जाँदैछ । चीनसँग हुने नयाँ सम्झौताले सम्भावनाका नयाँ ढोका खोल्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालको भनाई छ । सरकारका हातखुट्टा बाँधिएको भन्दै सोचे जस्तो काम गर्न नसकेको रिमालले बताउनु भयो । सरकारले कालो बजारी नियन्त्रण गर्न नसके पनि प्रयास जारी रहेको उहाँले बताउनुभयो ।

एमालेका पोलिट्ब्यूरो सदस्य समेत रहेका रिमालले हिजोका दिनसम्म आउँदा मधेसी मोर्चाका कुनै माग नरहेको दावी गर्नुभयो । शुरुमा संविधानमा असहमती राखेको मोर्चा पछि उनीहरुकै माग सम्बोधन गर्ने गरी संविधान संसोधन विधेयक पारित गर्न खोज्दा विधेयक नै जलाउने र प्रधामन्त्रीले सत्ता छोड्नु पर्ने बताए पछि मोर्चा माग विहिन भएको उहाँले टिप्पणी गर्नुभयो ।

मोर्चालाई सत्ता चाहिएको रिमालको भनाई छ । आवाज विष्णु ३