Thaha

Tuesday 13 January - 6:06 am NST

माओवादी बैठकमा आजपनि अध्यक्षले जवाफ दिंदै

काठमाण्डौं, पुस ६ । एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा आज पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिदैं हुनुहुन्छ । दिउँसो एकबजे पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने बैठकमा अध्यक्ष प्रचण्डले जवाफ दिने र प्रतिवेदन संशोधन सहित पारित गरिने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।

बैठकमा प्रचण्डले पार्टीको आगामी महाधिवेशन अर्को वर्ष गर्ने, कम्युनिष्ट पार्टीहरुबीचको एकतालाई जोड दिने, जन परिचालन गर्ने, मुलुकभर कार्यशाला चलाउने, पार्टी स्कुलिङ विभागलाई प्रभावकारी बनाएर मुलुकभर नै प्रशिक्षण चलाउने प्रस्ताव पेस गर्नु भएको छ ।

बैठकले माओवादी पार्टीहरुबीचको एकतालाई जोड दिने र संविधान कार्यान्व्यनलाई अगाडी बढाउन अभियान थाल्ने निर्णय गर्ने उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । एकीकृत माओवादीले प्रदेशको संरचनाका आधारमा पार्टीको संरचना तयार गर्ने तयारी पनि गरेको छ ।