Thaha

Monday 11 November - 10:50 pm NST

रौतहटमा प्रहरीको गोली लागी एक आन्दोलनकारीको मृत्यु, गौरमा अनिश्चितकालीन कर्फ्यु


काठमण्डौं, ५ पुस । 
रौतहटको गौरमा प्रहरीसँगको झडपमा एक जनाको मृत्यु भएको छ । झडपका क्रममा प्रहरीको चलाएको गोली लागेर रौतहट तेजापाकड—१ का तबरेज आलमको मृत्यु भएको  हो । गोली लागेका आलमलाई जिल्ला अस्पताल गौर पुराएपनि चिकित्सकले आलमलाई मृत घोषित गरेका थिए ।  गौरको बिपी चोकमा रहेको प्रहरी बिटमा आन्दोलनकारीले आक्रमण गर्ने प्रयास गरेपछि तनाव सुरु भएको थियो । प्रहरीले शिशाको वोतल र ढुंगा हाने गोली चलाउने पटक पटक चेतावनी दिएको थियो । तर, प्रर्दशनकारीले प्रहरीमाथी निरन्तर सिसाको वोत्तल र ढुंगा प्रहार गरेपछि गोली चलाएको जिल्ला प्रहरी कार्यालय रौतहटले दाबी गरेको छ । तनाव बढेपछि गौरमा अनिश्चितकालिन कर्फयु लगाईएको छ । 

प्रर्दशनकारीको मृत्यु भएपछि गौरबजार तनावपूर्ण बनेको छ । संंयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले आज दिउँसो साढे एकबजेतिर घण्टाघर चोकमा संविधान संशोधन विधेयकको प्रतिलिपी जलाएपछि प्रहरीसँग झडप भएको हो । संविधान संसोधन विधेयकको प्रतिलिपी जलाएपछि मोर्चाका कार्यकर्ताहरुले प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि दोहोर झडप भएको छ । अहिलेपनि वीरगंजको अवस्था तनावपूर्ण छ । ढुङ्गामुढाबाट बाटोमा हिडने सर्वसाधारण घाइते भएका छन् । 


संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जनकपुरका विद्यालय फेरी बन्द गराएका छन् । विद्यालय सञ्चालनका कारण मधेश आन्दोलन कमजोर भएको भन्दै समाजवादी विद्यार्थी संघले धनुषाका सबै नीजि तथा सामुदायिक विद्यालयहरु बन्द गरेको हो । मधेश आन्दोलनका कारण ३ महिनापछि खुलेका विद्यालय फेरी एक महिना नहुँदै बन्द गराईएको हो ।